२०८३ बैशाख ८ मंगलवार

भारतविरुद्धको टेस्ट सिरिजमा न्युजील्याण्ड विजयी

काठमाडौं। भारतविरुद्धको टेस्ट सिरिज न्यूजील्याण्डले जितेको छ। न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सिरिज आफ्नो नाम गरेको हो।

न्यूजील्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो। योसँगै भारतले १२ वर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज हारेको छ।

यस टेस्टमा न्यूजील्याण्डले दिएको ३५९ रनको लक्ष्य पछाएको भारत २४५ रन बनाएर अल आउट भएको थियो। यसअघि न्यूजील्याण्डले पहिलो इनिंगमा २५९ रन बनाएको थियो भने भारतले १५६ रन मात्र बनाएको थियो। त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा २५५ रन बनाएको थियो।

यो जितपछि न्यूजील्याण्डले ३ खेलको टेस्ट सिरिज २-० ले जितेको छ। अब सिरिजको तेस्रो टेस्ट नोभेम्बर १ देखि मुम्बईको वानखडे स्टेडियममा हुने छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर