२०८२ जेष्ठ ४ आईतवार

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोइराला बेलायत प्रस्थान गरेका हुन्।

बेलायत प्रस्थान गर्नुअघि कोइरालाले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका छन्।

उनकाअनुसार यही पुस २९ गते वेस्ट मिन्स्टरमा कार्यक्रम हुनेछ। बेलायतमा रहँदा कोइरालाले नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीका नेताहरूसँग पनि भेट्नेछन्।

Ncell

बिपी कोइरालाको पालादेखि नै नेपाल र बेलायतबीच सम्बन्ध रहिआएको उनले उल्लेख गरेका छन्।

बेलायतमा रहँदा आफूले लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट र कुराकानी गर्ने कोइरालाको भनाइ छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर