२०८२ कार्तिक २४ सोमबार

अनेरास्ववियुमा ३२ वर्षे उमेर हदले ४ जना उपाध्यक्ष र महासचिव अध्यक्षको दौडबाट आउट

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएसँगै ५ जना अध्यक्षका दाबेदारहरू आउट भएका छन् । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेसँगै हालका चार जना उपाध्यक्षहरू र महासचिव अध्यक्षको दौडबाट आउट भएका हुन् ।

अब पाँच जना सचिवहरू अध्यक्षको दौडमा आउने भएका छन् । पाँचै जना सचिवहरूबाट अध्यक्ष चयन हुनेछ । अनेरास्ववियुले सहमतिको आधारमा नयाँ समिति चयन गर्ने तयारी गरेको छ । तर, सहमति जुट्न नसकेको निर्वाचनको प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

अनेरास्ववियुले आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा २४ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । त्यसका लागि हालका चारै जना उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी तथा महासचिव नरेश रोकाया अध्यक्षको आकांक्षी थिए । तर, पार्टीले ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेपछि पाँचै जना अध्यक्षको दौडबाट बाहिरिएका हुन् ।

सचिवालय बैठक :

शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय

सचिवालय बैठक :

शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय
अब हालका १० जना सचिवहरूमध्ये पाँच जना मात्रै ३२ वर्षे उमेर हदभित्र परेका छन् । र उनीहरूबाटै नयाँ नेतृत्व चयन हुनेछ भने पाँच जना सचिवहरू समेत ३२ वर्षे उमेर हदका कारण यो दौडबाट बाहिरिएका छन् । अब अध्यक्षका लागि सचिव अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, डा‍. सुजन कडेरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुनेछ ।

उपाध्यक्ष घर्तीले पाँच जना सचिवहरूबाट नै सहमतिको आधारमा नयाँ नेतृत्व चयनको प्रयास गरिने बताए । सहमति जुट्न नसकेको खण्डमा मतदानको प्रक्रियाबाट टुङ्गो लगाउने गरी तयारी भइरहेको उनको भनाइ छ । अनेरास्ववियुले महाधिवेशनका लागि विधान संशोधन मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, प्रतिनिधि छनोटलगायत कामका लागि गठन गरेर काम गरिहरेको छ ।

पार्टी सचिवालय बैठकको निर्णयले अध्यक्षका दाबेदार रहेकाहरू तनावमा परेका छन् । ‘अब निर्णय समेत भइसक्या छ । पार्टीको सचिवालयको निर्णय मान्नुको विकल्प हामी कहाँ छैन । अब पाँच जना सचिवबाट नेतृत्व निर्माण गर्ने, सक्दा सहमति नभए निर्वाचन गराउने,’ उपाध्यक्ष घर्तीले भने । अहिले प्रतिनिधि छनौटको काम क्याम्पस र जिल्लाको सकिएको उनको भनाइ छ । अब प्रदेश कमिटी र प्रतिनिधि छनौटको काम बाँकी रहेको बताए ।

रातोपाटीबाट साभार 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर