२०८३ बैशाख ४ शुक्रबार

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

नेपालगंज । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।

शनिवार साँझ रुपन्देहीको बेलहियाबाट उनी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।

बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको हो सिआइबीले जनाएको छ।

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए।

२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानविन समिति गठन भएको थियो।

समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर