२०८२ मंसिर ३ बुधबार

चर्चित अभिनेत्री उषाको हट अवतार चार तस्बिरमा

काठमाडौं । नेपाली रंगमञ्चमा व्यस्त मोडलका रुपमा चिनिन्छिन्, उषा उप्रेती। टिकटकमा भिडिओ बनाउँदै चर्चामा आएकी उषा अहिले म्युजिक भिडियोकी व्यस्त मोडलमा गनिन सफल एक उदाहरण पनि हुन्। आशालाग्दी मोडलका रूपमा हेरिएकी उनको सुन्दरता, नृत्य र एक्सप्रेसनको धेरैले प्रशंसा गर्छन्।

त्यतिमात्र हैन, चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’को छायांकन सुरू गरिएको छ। फिल्मका लागि पहिलो सट भारतीय अभिनेता प्रदीप रावत (गजनी भिलेन) र अभिनेत्री विपना थापाले दिएका छन्। उनीहरुसहित फिल्ममा पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल लगायतको पनि अभिनय रहनेछ। उषाको यो प्रोजेक्ट करिअरकै टर्निङ्ग पोइण्ट मानिन्छ।

‘रेलीमैदेखि भर्जिन जवानी होस्, या चुम्दा मायाले, एक बचन बोल्दैमा, पियारी, गलबन्दी बैना’लगायत दजनौैं म्युजिक भिडियोमा उनले तहलका पिटिसकेकी छन्। उनको रुपरंग यस्तो छ, मानौँ म्युजिक भिडियो वा चलचित्रकै लागि बनेकी हुन्।

हालै सार्वजनिक भएका उनका ४ हट तस्बिर हेर्नुहोस्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर