२०८२ फाल्गुन ३० शनिबार

बाँकेको नरैनापुर वडा नं.५ मा वडा अध्यक्ष क्रिकेट कप प्रतियोगिता सुरु

नरैनापुर (बाँके) ।  बाँकेको नरैनापुर गाउँपालिका वडा नं.५ मा वडा अध्यक्ष क्रिकेट कप प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता दर्पण समाज विकास नेपालको आयोजना र नरैनापुर गाउँपालिका वडा नं. ५ मटेहिया बाँकेको सहयोगमा संचालन भइरहेको छ । 

उक्त प्रतियोगिता मङ्सिर ०४ गते बिहीवार औपचारिक रूपमा सुरु भएको वडा अध्यक्ष कृष्ण चन्द्र मौर्यले जानकारी दिनुभएको छ ।

क्रिकेट कपको आज दोस्रो दिन भएको खेलको विवरण 

टुर्नामेन्टमा आज दोस्रो दिन मङ्सिर ०५ गते शुक्रबार ३ ओटा खेलहरु संचालन भएका छन जसमा  जमुनी सुपर किंग क्रिकेट क्लब , नरैनापुर-०६ जमुनी भर्सेस खान क्रिकेट क्लब , नरैनापुर-०३ गेगलीको खेल भएकोमा गेग्लीले टस जितेर फिल्डीइंग रोजेको थियो , भने सुरुवाती पहिलो इनिंगमा जमुनीले १२८ को लक्ष्य दिएको थियो, जसमा जवाफी बल्लेबाजीमा खान क्रिकेट क्लब गेग्ली बालापुरले ९३ बन मात्रै बनाएर अलआउट भई पराजित भएको थियो, भने ३५ रनले जमुनी सुपर किंग बिजयी भयो , जुन म्याचमा जमुनीका सफी अहमद मुकेरीले ५ चौका र १ छक्का र ३ सिंगल सहित  २९ रन  बनाएर म्यान अफ द म्याच घोषित भए । यस्तै आजको दोस्रो खेल भगवानपुर रोयल्स क्रिकेट क्लब , नरैनापुर-०५ भगवानपुर भर्सेस श्री हरे-हरे क्रिकेट क्लब , नरैनापुर-०१ कटकुइया बीच भएको हो, उक्त खेलमा भगवानपुरले टस जितेर ब्याटिंग रोजेर कट्कुइयालाई ९४ को लक्ष्य दिएकोमा निकै नै कम उमेरका कटकुइयाका कलिला खेलाडीहरुले ६ ओभरमै अलआउट गरी म्याच जितेका थिए भने श्री हरेहरे कटकुइयाका प्रवीण यादव म्यान अफ द म्याच घोषित भएका थिए ।

 यस्तै तेस्रो खेल नरैनापुर कर्मचारी भर्सेस नरैनापुर कर्मचारी लेजेण्ड बीचको प्रतिस्पर्धा भएको हो उक्त खेलमा  नरैनापुर कर्मचारीले टस जितेर ब्याटिंग रोजेको थियौ, भने सो टीमले इनिंगमा बिशाल १९१रनको लक्ष्य खडा गर्यो , भने उक्त इनिंगमा कर्मचारीको तर्फबाट दिपेन्द्र पाण्डेले १० चौका र ७ छक्का सहित १२८ रन नटआउट खेलेका थिए र जवाफी ब्याटिंगमा लेजेण्डको तर्फबाट कुलदीप तिवारीले ८ चौका र २ छक्का सहित ५३ रन जोडेका थिए भने सिकन्दर अलि मुकेरी ६ चौका ३ छक्का सहित ३४ रन बनाएका थिए, जहाँ लेजेण्डले १३० रन मात्रै बनाएर अलआउट भई ६१ रनले पराजित भएको हो , उक्त खेलमा विशाल स्कोर खडा गर्ने दिपेन्द्र कुमार पाण्डे म्यान अफ द म्याच घोषित भएका हुन् र पाण्डेको यो १२८ रनको स्कोर अझै सम्म टुर्नामेन्टकै सर्बोत्कृष्ट रन र पहिलो सतक रहेको कार्यक्रम संयोजक अरुण दर्पणले बताउनु भयो ।  

पाण्डेलाईवडा अध्यक्ष कृष्ण चन्द्र मौर्य (युराज)ले मेडल लगाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो | वडा अध्यक्ष आफु स्वयम् युवाभएको हुँदा युवाहरुको मनोभावना बुझी युवाकै साथमा अगाडी बढ्ने प्रण लिएर दिनभरी वडा कार्यालयको काम थाति राखी क्रिकेट मैदानमा पूर्णकालीन समय दिन भरी म्याचको प्रत्यक्ष अवलोकन गरेको जनाउनु भयो ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर