२०८३ बैशाख १९ शनिबार

अपहरण गरेर लिइयो फिरौती, हत्या गरेर फ्याँकियो शव

  काठमाण्डौ । भक्तपुरबाट एक पुरूषको अपहरण गरी हत्या भएको छ। हत्यापछि पाँचखाल नगरपालिका वडा नम्बर ८ को ४९ किलोमा एक जना पुरूषको शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार सार्वजनिक गरेको छ। असोज ६ गते बिहान साढे ८ बजे ४९ किलोमा कीर्तिपुर नगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षीय […]

समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

उपचारका लागि समयमै अस्पताल नआउँदा सर्पदंशका बिरामीको अकालमै मृत्यु हुने गरेको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा यस वर्ष समयमै उपचार नपाएका सर्पदंशका १६ बिरामीको मृत्यु भएको छ । यस वर्ष वैशाखदेखि हालसम्म अस्पताल आउँदाआउँदै र उपचारकै क्रममा सर्पदंशका १६ बिरामीको ज्यान गएको अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारस पाण्डेले बताउनुभयो । समयमै सर्पले टोकेको थाहा नपाउँदा अस्पताल […]

लुम्विनी प्रदेश सरकारले सूचनाको हक कार्यान्वय गर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हकको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पार्नुभयो ।  सरकार […]