२०८३ भाद्र ९ मंगलवार
[the_ad id="6228"]

२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

  कास्की । पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो।   सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। […]

“तनाव व्यवस्थापन र स्वस्थ जीवनयापन का लागि सामाजिक रुपमा योग शिक्षाको अपरिहार्यता”

आधुनिक विज्ञान र प्रविधिको विकास सँगै जनजीवन सहज र सुबिधायुक्त त बनेको छ । तर दिन प्रतिदिन मानिसहरुमा मानसिक तथा शारिरिक अस्वस्थता तिब्र रुपमा बढनुको साथै सामाजिक रुपमा मानविय समबेदना समेत हराउदै गईरहेको छ । अव्यवस्थित जीवनशैली र अस्वस्थकर आहारका कारण विभिन्न नसर्ने रोगहरूको प्रकोपले मानिसहरु आक्रान्त छन् । बदलिँदो जीवनशैलीले आजको समाज प्रविधिमैत्री र सुविधा […]

विश्वकपको उत्सवबीच अर्जेन्टिनी फुटबल संघमाथि एफबीआईको अनुसन्धान

काठमाडौँ । विश्वकपको माहोल चलिरहँदा अर्जेन्टिनी फुटबल संघ (AFA) अमेरिकामा भएका आर्थिक कारोबारका विषयमा अमेरिकी एफबीआई र संघीय सरकारी अभियोजकहरूको अनुसन्धानको दायरामा परेको छ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसन्धानको केन्द्रमा एएफएका अध्यक्ष क्लाउडियो ‘चिकी’ तापियाको नेतृत्वमा भएका वित्तीय कारोबार तथा टुरप्रोडइन्टर (TourProInter) कम्पनीसँगको व्यावसायिक सम्बन्ध रहेका छन्।   अर्जेन्टिनाको दैनिक ला नासियोनका अनुसार एफबीआईका एजेन्ट […]

ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरी आमा–छोराको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले हात्तीको गतिविधिमाथि २४सै घण्टा निगरानी भइरहेको र नियन्त्रणका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएकी छन्। गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको […]

सरकारका ८ मुख्य निर्णय सार्वजनिक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्। सरकारका प्रमुख निर्णयहरू यसप्रकार छन् : 1. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य (काठमाडौँ) लाई नियुक्त गर्ने। 2. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य […]

इरानसँगको युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा, वार्ता अब ‘समयको बर्बादी’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब समाप्त भएको घोषणा गर्दै भविष्यमा कूटनीतिक वार्ताभन्दा अन्य विकल्पमा केन्द्रित हुने संकेत दिएका छन्।   बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले सम्झौताको भावना विपरीत गतिविधि गरेको आरोप लगाए। उनले इरानले ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा व्यावसायिक जहाजहरूलाई निशाना बनाएर युद्धविराम उल्लंघन गरेको दाबी गरे। साथै, इरानी नेतृत्वप्रति […]

सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सार्वजनिक गरेको १०० दिने शासकीय सुधार कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको बताएका छन्। उनले सरकारले आर्थिक सुधार, सुशासन, रोजगारी र निजी क्षेत्रको प्रवद्र्धनलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन अघि बढाइरहेको पनि बताए। मंगलबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीको तर्फबाट बोल्दै उनले सरकारले घोषणा […]

कांग्रेस नीति प्रतिष्ठानमा ८ सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नो संगठनलाई थप विस्तार तथा समावेशी बनाउने उद्देश्यले नयाँ सदस्यहरू मनोनयन गरेको छ। पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम आज ८ जना विज्ञ र अनुभवी व्यक्तिहरूलाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेका हुन्। प्रतिष्ठानका […]

मोरङमा सिटी अटो दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

मोरङको लेटाङ नगरपालिका–५, कानेपोखरीस्थित सडकमा अनटेस्ट (On Test) सिटी अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार असार २० गते दिउँसो करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको सिटी अटो दुर्घटनामा परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चारै […]

सरकारको सय दिन : ६६६ बिचौलियालाई नियन्त्रणमा, ४६५ सुकुमवासी परिवारलाई राहत

काठमाडौं । सरकारले सय दिनभित्र ६६६ बिचौलियालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। शनिबार आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै ‘उपलब्धि’ शनिबार (असार २०) सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी प्राप्त भएको साथै हालसम्म ६६६ बिचौलिया नियन्त्रणमा लिइएको जानकारी दिएका हुन्। उनले १० वटा सहकारीबाट २ करोड ६३ लाख […]