२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

सरकारका ८ मुख्य निर्णय सार्वजनिक

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरू सार्वजनिक गरेका हुन्।

सरकारका प्रमुख निर्णयहरू यसप्रकार छन् :

1. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य (काठमाडौँ) लाई नियुक्त गर्ने।

2. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने।

3. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।

4. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।

5. कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।

6. मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/०८८) स्वीकृत गर्ने।

7. भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/०८३–२०८७/०८८) स्वीकृत गर्ने।

8. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने।

यी निर्णयसँगै सरकारले प्रशासन, शिक्षा, स्वास्थ्य, सुशासन, मानव अधिकार र सार्वजनिक सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम अघि बढाएको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर