काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजी कार्य तीव्र पारिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीच रहेको धोबीखोलामा अन्दाजी ३५ वर्षीया एक महिलाले हाम फालेकी हुन्।
प्रहरीका अनुसार ती महिलाले सेतो टिसर्ट लगाएकी थिइन् भने कम्मरमा गुलाबी (पिंक) रंगको ज्याकेट बाँधेकी थिइन्।
घटनापछि तत्काल प्रहरी टोली परिचालन गरिएको छ र धोबीखोला क्षेत्रमा महिलाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाको कारण र महिलाको पहिचान खुल्न बाँकी रहेको छ।धोबीखोलामा हाम फालेकी महिलाको खोजी जारी








