धोबीखोलामा हाम फालेकी महिलाको खोजी जारी

काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजी कार्य तीव्र पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीच रहेको धोबीखोलामा अन्दाजी ३५ वर्षीया एक महिलाले हाम फालेकी हुन्। प्रहरीका अनुसार ती महिलाले सेतो टिसर्ट लगाएकी थिइन् भने कम्मरमा गुलाबी (पिंक) रंगको ज्याकेट बाँधेकी थिइन्। […]
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घटना विभागको ३ नम्बर गेट अगाडि भएको हो। प्रत्यक्षदर्शीका अनुसार ती पुरुषले अचानक आफ्नै शरीरमा आगो लगाएका थिए। घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयले तत्काल उद्धार गरेका थिए। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा […]
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या समाधान, पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक गतिविधिलाई गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा उनले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्यालाई प्राथमिकताका […]
चीनका लागि ७ पूर्वराजदूतको प्रश्न : ‘के नेपालको एक चीन नीति बदलिएको हो ?’

काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९१औँ जन्मदिन मनाइएको कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन्। राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपालले लामो समयदेखि […]
‘हामी बालेनका पुलिस होइनौँ’ भनेका डीएसपी चौधरी जिल्ला तानिए

I कैलाली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नाम उल्लेख गर्दै सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको छ। लागुऔषध दुव्र्यसनविरुद्ध आयोजित सचेतनामूलक कार्यक्रममा उनले “हामी बालेनका पुलिस होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो” भन्ने अभिव्यक्ति दिएका थिए। उनले त्यसक्रममा […]
२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको हो। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना २०७८ मङ्सिरदेखि निर्माण सुरु गरिएको थियो। […]