२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

गणेश नेपालीको मृत्यु प्रकरण: तीन नगर प्रहरीमाथि सोधपुछ

काठमाडौं । राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका राइडर गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे अनुसन्धान तीव्र पारिएको छ। प्रहरीले घटनाको समयमा ड्युटीमा रहेका तीन जना नगर प्रहरीसँग सोधपुछ गरेको जनाएको छ।   प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा खटिएका दुई महिला र एक पुरुष नगर प्रहरीलाई घटनाबारे बयानका लागि बोलाइएको हो।   मुगुको […]

राहदानी विभागअघि आत्मदाह गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।   वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:१९ बजे निधन भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।   गम्भीर रूपमा घाइते भएका नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको भए पनि स्वास्थ्य […]

चीनको जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु

काठमाडौं । चीनको पूर्वी फुजियान प्रान्तस्थित एक जुत्ता कारखानामा बिहीबार भएको भीषण आगलागीमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। आगलागीपछि ठूलो संख्यामा दमकलकर्मी र उद्धार टोली परिचालन गरिएको छ भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।   स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे जिनजियाङ शहरस्थित हुइटेङ जुत्ता कारखानामा आगलागी भएको थियो। आगो […]

अमेरिका–इरान तनाव झन् चर्कियो, होर्मुज स्ट्रेटमा जहाजको आवतजावत घट्यो

काठमाडौं । अमेरिका र इरानबीच बिहीबार पनि सैन्य आक्रमण र प्रतिआक्रमणको शृङ्खला जारी रहँदा मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। यसैबीच, विश्व व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजहरूको सङ्ख्या घट्न थालेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन्।   अमेरिकाले होर्मुज नजिकका स्थानसहित ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ। उता […]

एकैदिन २७ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य,

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। लगातार चार दिनसम्म घटिरहेको सुनको मूल्य आज प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार […]

चीनमा टाइफुन ‘बवी’ को खतरा बढ्यो, उच्च सतर्कता जारी

बेइजिङ । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा अब शक्तिशाली टाइफुन ‘बवी’ को खतरा थपिएको छ। पूर्वी तटीय क्षेत्रमा टाइफुन नजिकिँदै गएपछि सरकारले उच्च सतर्कता अपनाउँदै हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ। मौसम अधिकारीहरूका अनुसार प्रतिघण्टा १६२ किलोमिटर सम्मको गतिमा अघि बढिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको […]

कर्णालीमा गाडी खस्दा बेपत्तामध्ये थप दुई जनाको शव फेला, अन्यको खोजी जारी

दैलेख ।कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनामा बेपत्तामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ।   यससँगै दुर्घटनामा मृत्यु भई पहिचान खुल्नेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार आफन्तले घटनास्थलमै पुगेर शवको सनाखत गरी बुझिसकेका छन्।   मृतकको पहिचान कालिकोट पचालझरना गाउँपालिका–९ […]

प्रधानमन्त्री बालेनले ऊर्जा उद्यमीलाई सिंहदरबार बोलाए

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्न ऊर्जा उद्यमीहरूलाई सिंहदरबार बोलाएका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बिहान ११:३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रको वर्तमान अवस्था, लगानीमा देखिएका अवरोध, नीतिगत चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल हुने बताइएको छ।   पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न […]