काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। लगातार चार दिनसम्म घटिरहेको सुनको मूल्य आज प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।
विश्व बजारमा आएको मूल्य परिवर्तनको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य पुनः उकालो लागेको व्यवसायीहरूले बताएका छन्।








