कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा

काठमाडौं, २ साउन । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। पार्टीले शनिबार बिहान आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत यसको जानकारी सार्वजनिक गरेको हो। पार्टीका अनुसार पर्यावरण अभियन्ता सोनम वाङचुक लाई दिल्ली प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएर अस्पताल पुर्याएको घटनाको विरोधस्वरूप दीपकेले अनिश्चितकालीन अनशन सुरु गरेका हुन्। […]
राजविराज कारागार तनावग्रस्त, कैदीबन्दीको आत्मदाह प्रयासपछि सुरक्षा कडा

२ साउन, काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलरको सरुवाको माग गर्दै कैदीबन्दीहरूले आन्दोलन गरेपछि कारागार परिसर शुक्रबार तनावग्रस्त बनेको छ। आन्दोलनका क्रममा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि स्थिति थप संवेदनशील बनेको हो। कैदीबन्दीहरूले जेलर रूपक मण्डलमाथि चौकीदार नियुक्तिको नाममा आर्थिक चलखेल गरेको र रकम असुलेको आरोप लगाउँदै उनको तत्काल सरुवा, […]
मुसिकोट नगरपालिकाबाट नापी तथा भूमि प्रशासन सेवा सञ्चालन

२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट नापी तथा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खरेलले नक्सा प्रिन्ट गरी सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब मुसिकोटका नागरिकले नापी तथा भूमि प्रशासनसम्बन्धी सेवा लिन मजुवा वा तम्घासतर्फ धाउनुपर्ने बाध्यता धेरै हदसम्म अन्त्य हुने भएको छ। जग्गा […]
कुवेत र जोर्डनका अमेरिकी सैन्य क्याम्पमा इरानी ड्रोन आक्रमणको दाबी

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीको विज्ञप्तिअनुसार कुवेतस्थित अल उदइद एयर बेस मा रहेको गोलाबारुद डिपोमा ड्रोन प्रहार गरिएको छ। साथै अली अल सालेम एयर बेसको मुख्यालय भवन, गोलाबारुद भण्डारण केन्द्र तथा केही सञ्चार हबहरू […]
गौरीगन्जमा कार–मोटरसाइकल ठोक्किँदा मोरङका दुई जनाको मृत्यु

विराटनगर । झापाको गौरीगन्ज गाउँपालिकामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोरङका दुई जनाको मृत्यु भएको छ। हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज–२ स्थित कृष्ण खोलानजिक शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाले ज्यान गुमाएका हुन्। प्रहरीका अनुसार विराटनगरबाट तुलाचन चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट […]
ठोरीका दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा, ११ जना पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष उपस्थितिमा पर्साको ठोरीस्थित दुई होटलमा छापा मारिएको छ। असार ३० गते मिटरब्याज पीडितसँग भेटघाटका लागि बाराको सिमरा पुगेका गुरुङ काठमाडौं फर्किने क्रममा ठोरी बजारस्थित होटलमा पुगेका थिए। प्राप्त सूचनाका आधारमा गृहमन्त्रीले ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटलमा आफ्नो टोलीसहित निरीक्षण गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सालाई […]