बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु

चितवन, २ साउन । चितवनको बूढी राप्ती नदीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–८ निवासी ४० वर्षीय राजाराम ढकाल आज दिउँसो नदीमा डुबेका थिए। स्थानीय र सुरक्षाकर्मीले तत्काल उद्धार गरी भरतपुर अस्पताल पुर्याए पनि उपचारका क्रममा अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ। […]
आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन र काठमाडौं सडकखण्डमा सवारी सञ्चालन बन्द

चितवन, २ साउन । लगातार वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा काठमाडौं जाने पृथ्वी राजमार्गमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमन रोक्ने निर्णय गरेको छ। प्रशासनका अनुसार धादिङसहित छिमेकी जिल्लाहरूमा वर्षा बढ्दै गएको र आगामी केही घण्टामा थप वर्षा हुने पूर्वानुमान रहेकाले यात्रुको […]
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या आरोपमा २ जना पक्राउ

काठमाडौं, २ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सांसद ओलीले साइबर ब्युरोमा दर्ता गराएको उजुरीका आधारमा शनिबार चितवनबाट दुई पुरुषलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ। ओलीले सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज, धम्की, […]
सरकारको कामप्रति कुलमान घिसिङको असन्तुष्टि, ‘पाँच वर्ष टिक्ने संकेत देखिएन’

काठमाडौं, २ साउन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसक्दा देशभर निराशा बढ्दै गएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको टिप्पणी गरे। अध्यक्ष घिसिङले उद्योग–व्यवसायदेखि आम नागरिकसम्म सरकारले भरोसाको वातावरण सिर्जना गर्न नसकेको बताए। यही […]
पोखरामा शृङ्खलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशीसहित ९ जना नियन्त्रणमा

२ साउन, कास्की । पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्दै आएको आरोपमा प्रहरीले ४ जना विदेशी नागरिकसहित ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धानपछि चोरीमा संलग्न रहेको गिरोहलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये ४ जना विदेशी (भारतीय र चिनियाँ) […]
हेटौंडामा पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१७ निवासी केशव राईका १४ वर्षीय छोरा युकेश राई शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। स्थानीयवासी, नेपाल प्रहरी, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म […]
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५२१ जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३० जना, तीव्र गतिमा सवारी चलाउने ६६ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने २६ जना तथा […]
४ करोड ठगी आरोपमा एकै परिवारका तीन जना पक्राउ

जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय […]
सङ्खुवासभामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई हाल मादी–४ डाँडागाउँ बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की रहेका छन्। शनिबार बिहान करिब ६ बजे घरायसी विवाद चर्किएपछि अमरबहादुरले आफ्नी ४३ वर्षीया श्रीमती […]
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अतिभारी वर्षा हुन […]