२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

पोखरामा शृङ्खलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशीसहित ९ जना नियन्त्रणमा

२ साउन, कास्की । पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्दै आएको आरोपमा प्रहरीले ४ जना विदेशी नागरिकसहित ९ जनालाई पक्राउ गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धानपछि चोरीमा संलग्न रहेको गिरोहलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये ४ जना विदेशी (भारतीय र चिनियाँ) तथा ५ जना नेपाली नागरिक रहेका छन्।

 

प्रहरीका अनुसार उक्त गिरोह पोखराका विभिन्न वडामा भएका श्रृंखलाबद्ध चोरीका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले विभिन्न घर तथा कोठाबाट सुनका गहना, नगद, मोबाइल, ल्यापटपलगायत बहुमूल्य सामान चोरी गरेको आरोप छ।

 

पक्राउ परेकाहरूको साथबाट ९ वटा मोबाइल फोन, एउटा स्मार्ट घडी, एउटा ल्यापटप र १.३९४ तोला तौलको सुनको ब्रासलेट बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले सबैलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर