२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु

चितवन, २ साउन । चितवनको बूढी राप्ती नदीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–८ निवासी ४० वर्षीय राजाराम ढकाल आज दिउँसो नदीमा डुबेका थिए। स्थानीय र सुरक्षाकर्मीले तत्काल उद्धार गरी भरतपुर अस्पताल पुर्‍याए पनि उपचारका क्रममा अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साथै वर्षायाममा नदी, खोला तथा डुबानको जोखिम भएका क्षेत्रमा अत्यधिक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर