२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा

काठमाडौं, २ साउन । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन्। पार्टीले शनिबार बिहान आफ्नो आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत यसको जानकारी सार्वजनिक गरेको हो।

 

पार्टीका अनुसार पर्यावरण अभियन्ता सोनम वाङचुक लाई दिल्ली प्रहरीले धर्नास्थलबाट नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको घटनाको विरोधस्वरूप दीपकेले अनिश्चितकालीन अनशन सुरु गरेका हुन्।

 

सीजेपीले जारी गरेको विज्ञप्तिमा दीपकेको अनशन तत्काल प्रभावबाट सुरु भएको उल्लेख गर्दै जुलाई २० का लागि तय गरिएको ‘चलो संसद्’ मार्च पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने जनाएको छ।

 

दीपकेले पनि आफ्नो व्यक्तिगत एक्स खातामार्फत आफू अनिश्चितकालीन भोक हडतालमा बसेको पुष्टि गरेका छन्। पार्टीले आन्दोलनका आगामी सबै कार्यक्रम यथावत् रहने र आन्दोलनलाई थप सशक्त बनाइने जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर