प्रदेशमा तीन दलीय सरकारको प्रस्तावप्रति काँग्रेसको असहमति

काठमाडौं, ३ साउन — नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाउँदै यस्तो कदमले जनादेश र लोकतान्त्रिक मूल्यको अपमान हुने बताएका छन्। ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै थापाले तीन दलको संयुक्त सरकार बनेमा प्रदेशसभा प्रतिपक्षविहीन हुने र […]
काठमाडौं उपत्यकामा २४ घण्टामा २५ सवारी दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं, ३ साउन — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भएका २५ वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार गएराति करिब १२:३० बजे भक्तपुरको एसएस चोक नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक चालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी […]
प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो नेपाल टेलिकम टावरमा चढे युवक

सर्लाही, ३ साउन । सर्लाहीको मलंगवामा एक युवक प्रेमिकालाई घटनास्थलमा बोलाइदिन माग गर्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेपछि सुरक्षा निकायले उद्धार प्रयास तीव्र बनाएको छ। जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालयको परिसरभित्र रहेको टावरमा चढेका हुन्। टावरमा पुगेपछि […]
मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुई बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनापछि ठोक्किएका दुवै बस हटाउने कार्य जारी रहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेहरूको यकिन संख्या खुल्न बाँकी छ। प्रारम्भिक जानकारीअनुसार निलो रङको बस नारायणगढबाट मुग्लिनतर्फ जाँदै थियो भने राजधानी […]