२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

चितवन पुगेका शिक्षामन्त्रीलाई विद्यार्थीको कडा सन्देश, कालो झण्डासहित विरोध

चितवन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई चितवनमा विद्यार्थीहरूले कालो झण्डा देखाउँदै विरोध गरेका छन्। काठमाडौं फर्किन भरतपुर विमानस्थलतर्फ जाने क्रममा संयुक्त विद्यार्थी संगठनहरूले विमानस्थल गेटअगाडि नाराबाजी गर्दै कालो झण्डा र कालो बेलुन प्रदर्शन गरेका हुन्।   विद्यार्थीहरूले सरकारले निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमाथि ३ प्रतिशत कर लगाएको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। […]

आज राति १० बजेदेखि धादिङमा सार्वजनिक र निजी सवारी रोक

धादिङ । सम्भावित बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक** लगाएको छ।   जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धादिङसहित चितवन, गोरखा […]

राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक बन्द

काठमाडौं । पहिरोको उच्च जोखिमका कारण स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फको पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।   जिल्लाका विभिन्न स्थान तथा धादिङ क्षेत्रमा लगातार वर्षासँगै पहिरोको जोखिम बढेपछि रातिको यात्रा असुरक्षित हुने निष्कर्ष निकाल्दै प्रशासनले यस्तो निर्णय गरेको हो।   प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी […]

गोली प्रहारपछि नेपालगञ्जका सोनीसहित ३ लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ। आइतबार दिउँसो टेकुस्थित दोवानपुल नजिक भएको अपरेसनमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो।   पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ का १९ वर्षीय निखिल सोनी, सुर्खेतको पञ्चपुरी–५ का १९ वर्षीया शोफिया मगर तथा भारत, उत्तर प्रदेशको रुपैडियाका २५ वर्षीय […]

गोली चलाएर तीन लागुऔषध कारोबारी पक्राउ, भारतीय नागरिक घाइते

काठमाडौं । काठमाडौंमा आइतबार प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय र दुई नेपाली नागरिक रहेका छन्।   प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरो (टेकु) को टोलीले विभिन्न स्थानबाट पछ्याउँदै टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोर मैला भण्डारणस्थलमा पुगेपछि गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।   ब्युरो प्रमुख एसएसपी सुवासचन्द्र […]

रुस–युक्रेन युद्ध : किभमाथि सबैभन्दा ठूलो ब्यालिस्टिक हमला

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गरेको छ। शनिबार रातभर भएको श्रृंखलाबद्ध हमलामा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।   युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई “किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक” भएको बताएका छन्। युक्रेनी सेनाका अनुसार रुसले ४१ वटा […]

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व जिल्लाको कोल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आइतबार अपराह्न ४ः३० बजे ५ म्याग्निच्युडको भूकम्प गएको छ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको छ।   हालसम्म भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था […]

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्यो, श्रम स्वीकृति लिने ४७ हजारले कम

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्, जुन अघिल्लो वर्षभन्दा ४७ हजार ७९ ले कम हो। विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमध्ये […]

सुन–चाँदी दुवै महँगिए, आजको नयाँ मूल्य सार्वजनिक

काठमाडौं, ३ साउन । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो।   आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार […]

खहरे खोलाको बाढीले बगाउँदा २ जनाको मृत्यु

काठमाडौं । खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।   प्रहरीका अनुसार आफन्तको घरबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी शान्ता राईलाई खोजतलास गर्दा खोलामा मृत […]