२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

आज राति १० बजेदेखि धादिङमा सार्वजनिक र निजी सवारी रोक

धादिङ । सम्भावित बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक** लगाएको छ।

 

जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धादिङसहित चितवन, गोरखा र नुवाकोटमा रातिको यात्रा जोखिमपूर्ण हुने चेतावनी दिएको थियो।

 

सोही आधारमा प्रशासनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभित्र चल्ने तथा जिल्ला भएर आवतजावत गर्ने सवारी साधन बन्द रहने जनाएको छ।

 

तर एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न अनुमति दिइएको प्रशासनले स्पष्ट पारेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर