काठमाडौं, ३ साउन । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








