२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

मुग्लिन–नारायणगढ सडकखण्डको जलबीरेमा दुई बस ठोक्किँदा सडक अवरुद्ध

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिक दुई बस एकापसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ।

 

सडक डिभिजन कार्यालय चितवनका अनुसार दुर्घटनापछि ठोक्किएका दुवै बस हटाउने कार्य जारी रहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने घाइतेहरूको यकिन संख्या खुल्न बाँकी छ।

 

प्रारम्भिक जानकारीअनुसार निलो रङको बस नारायणगढबाट मुग्लिनतर्फ जाँदै थियो भने राजधानी एक्सप्रेस बस मुग्लिनबाट नारायणगढतर्फ आउँदै थियो। दुर्घटनामा राजधानी एक्सप्रेसका चालक गम्भीर घाइते भएका छन्।

 

वर्षा र पहिरोको उच्च जोखिमका कारण शनिबार राति १० बजेदेखि बन्द गरिएको उक्त सडकखण्ड आइतबार बिहान ६ बजे सञ्चालनमा आएको थियो। सडक खुलेलगत्तै सवारीको चाप बढ्दा लेन अनुशासन उल्लङ्घनका कारण दुर्घटना र लामो जामको समस्या देखिएको जनाइएको छ।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर