दुई महिने शिशुको डाइपरमा लुकाएर ब्राउन सुगर तस्करी, झापामा चार जना पक्राउ

झापा, साउन ८ – झापामा दुई महिने शिशुको डाइपरभित्र लुकाएर भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाले सीमापार लागुऔषध तस्करीको नयाँ र चकित पार्ने शैली सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ करिब ५:१५ बजे भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे […]
धनुषामा हवाई फायर गरी ९५ ग्रामभन्दा बढी हेरोइनसहित दुई भारतीय पक्राउ

धनुषा, साउन ८ – धनुषाको मिथिला नगरपालिका–६ मा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेतावनीस्वरूप हवाई फायर गर्दै दुई भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले भारतबाट नेपालमा लागुऔषध बिक्री–वितरण गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न प्रयास गरेका थिए। त्यसपछि […]
खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपितमाथि स्थानीयको कुटपिट

रौतहट, साउन ८ – रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनामा संलग्न आरोपितलाई आक्रोशित स्थानीयवासीले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै […]
५० हजारको प्रलोभनमा १७ वर्षीया किशोरीको डिम्ब झिकिएको आरोप,

काठमाडौं, साउन ७ l ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएर १७ वर्षीया किशोरीबाट डिम्ब (ओभम) झिकिएको आरोप सार्वजनिक भएको छ। घटनापछि किशोरीको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारले प्रहरीमा उजुरी दिएपछि मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाइएको छ। पीडित किशोरीका अनुसार कक्षा ११ मा अध्ययनरत उनलाई सुरुमा एक साथीले डिम्ब दान गर्दा कुनै असर नपर्ने र […]
आत्मदाहपछि ज्यान गुमाएका गणेश र विवेकका परिवारलाई गगन थापाको १/१ लाख सहयोग

काठमाडौं, ६ साउन। नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपाली र विवेक मण्डलका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। थापाले दुवै परिवारलाई आफ्नै तर्फबाट उक्त सहयोग उपलब्ध गराएका हुन्। साथै, विवेक मण्डलको निधनको १३औँ दिनको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनका सन्तानको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धतासमेत […]
बाजुराको बडिमालिकामा बाढीको कहर : १३ परिवार सुरक्षित स्थानमा स्थानान्तरण, तीन घर उच्च जोखिममा

काठमाडौं, ८ असार – अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान क्षेत्रबाट आएको बाढी बस्तीमा पस्दा १३ परिवार जोखिममा परेका छन्। जोखिममा परेका सबै परिवारलाई बिहीबार रातिनै घरका आवश्यक सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार प्रभावित […]