२०८३ श्रावण १० आईतवार
[the_ad id="6228"]

आत्मदाहपछि ज्यान गुमाएका गणेश र विवेकका परिवारलाई गगन थापाको १/१ लाख सहयोग

काठमाडौं, ६ साउन। नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपाली र विवेक मण्डलका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

 

थापाले दुवै परिवारलाई आफ्नै तर्फबाट उक्त सहयोग उपलब्ध गराएका हुन्। साथै, विवेक मण्डलको निधनको १३औँ दिनको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनका सन्तानको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धतासमेत जनाएका छन्।

 

सर्लाहीको गोडैता नगरपालिका–१० निवासी विवेक मण्डलले असार २५ गते पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको थियो।

 

त्यसैगरी, मुगुको सोरु गाउँपालिका निवासी गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारकै क्रममा असार २६ गते उनको मृत्यु भएको थियो।

 

दुवै घटनाप्रति दुःख व्यक्त गर्दै गगन थापाले पीडित परिवारलाई आर्थिक सहयोग गर्नुका साथै दीर्घकालीन रूपमा समेत साथ दिने प्रतिबद्धता जनाएका छन्।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर