२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

अमेरिकाले फेरि गर्‍यो इरानमा आक्रमण

काठमाडौं। अमेरिका र इरानबीचको तनाव फेरि चलिएको छ। अमेरिकाले बुधबार साँझ इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ।

 

अमेरिकी सेन्टकम (CENTCOM) का अनुसार इरानका सैन्य कमान्ड सेन्टर, वायु रक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोन प्रतिष्ठान र तटीय निगरानी केन्द्रहरूलाई लक्षित गरी आक्रमण गरिएको हो। अमेरिकाले हर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाज तथा तिनका चालक दलमाथि इरानबाट उत्पन्न भएको खतरा अन्त्य गर्ने उद्देश्यले यो कारबाही गरिएको दाबी गरेको छ।

 

यसअघि इरानले बहराइन, कुवेतलगायत क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेपछि अमेरिकाले प्रतिआक्रमण गरेको बताइएको छ।

 

यसैबीच इरानका प्रमुख वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले परमाणु सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सरकारी सञ्चारमाध्यमसँग उनले भने, “यदि सम्झौताबाट कुनै लाभ हुँदैन भने, इरानले त्यसको पालना गरिरहनुपर्ने कुनै कारण छैन।”

 

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै “राम्रो व्यवहार गर्न” आग्रह गरेका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “उनीहरू (इरान) सम्झौता गर्न चाहन्छन्। तर उनीहरूलाई हाम्रो दृष्टिकोण मन परेको छैन। अब उनीहरूसँग सम्झौता गर्ने कि नगर्ने भन्ने निर्णय हामी गर्नेछौँ।”

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर