२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

एबी मलमा आगजनी

सिरहा । सिरहाको गोलबजारमा चर्किएको प्रदर्शनका बीच प्रदर्शनकारीले एबी मलमा आगजनी गरेका छन्।

 

गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार बिहीबार भएको प्रदर्शनका क्रममा आक्रोशित समूहले मलमा आगो लगाएको हो।

 

आगजनीपछि क्षेत्रमा थप तनाव सिर्जना भएको छ। सुरक्षा निकायले घटनास्थलमा परिचालन बढाएको छ भने आगो नियन्त्रण र अवस्था सामान्य बनाउन प्रयास जारी रहेको जनाइएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर