२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

कपिलवस्तुमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ | कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोल क्षेत्रमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिप्पर**ले पैदल हिँडिरहेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रारम्भिक उपचार चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा गरिएको थियो। त्यसपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइए पनि बिहीबार बिहान उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

 

घटनापछि प्रहरीले टिप्पर चालक शिवराज नगरपालिका–५ निवासी ३७ वर्षीय सूरज चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

 

मृतकको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर