२०८३ श्रावण १३ बुधबार
[the_ad id="6228"]

कपिलवस्तुमा ट्रकको ठक्करबाट. तीन जनाको दुःखद मृत्यु

कपिलवस्तु, साउन १३ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा क्षेत्रमा भएको भीषण सडक दुर्घटनामा ट्रकको ठक्करबाट दुई साइकलयात्री र एक पैदलयात्री गरी तीन जनाको मृत्यु भएको छ।

 

प्रहरीका अनुसार नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले हुलाकी सडकखण्डमा दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

 

मृत्यु हुनेमा महाराजगञ्ज–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज–३ गनौरियाका करिब ४६ वर्षीय विजयकुमार गुप्ता र सोही वडाका करिब ७५ वर्षीय भोल्लर कुर्मी रहेका छन्।

 

दुर्घटनाका क्रममा ट्रकले सडक छेउमा पार्किङ गरिएको लु १४ प ५५०५ नम्बरको मोटरसाइकलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा संलग्न ट्रक र चालक, विराटनगर महानगरपालिका–४ निवासी ४२ वर्षीय रोहित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही समय अवरुद्ध बनेको सडक अहिले सञ्चालनमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर