२०८३ श्रावण १३ बुधबार
[the_ad id="6228"]

डोल्पामा खैरो हेरोइनसहित दुई युवा पक्राउ, नगद र मोबाइल पनि बरामद

 

डोल्पा । हिमाली जिल्ला डोल्पामा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित एक होटलमा प्रहरीले गरेको खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

 

प्रहरीका अनुसार होटलमा बसेर लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गरिएको अपरेशनमा ०.९४ ग्राम खैरो हेरोइन, ६२ हजार ५०० रुपैयाँ नगद र तीन थान मोबाइल फोन बरामद गरिएको छ।

 

पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–८ का २५ वर्षीय सन्तोष भण्डारी र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का २३ वर्षीय नवीन खड्का रहेका छन्।

 

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर