२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

दोस्रो दिन पनि उकालो लाग्यो सुनको मूल्य, चाँदी सस्तो

काठमाडौं, ३२ असार। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ**मा कारोबार भएको थियो।

 

यसअघि सोमबार र मंगलबार सुनको मूल्य क्रमशः २ हजार ८ सय रुपैयाँर १ हजार २ सय रुपैयाँले घटेको थियो। त्यसपछि भने लगातार दुई दिन मूल्यमा सुधार देखिएको हो।

 

यता, चाँदीको मूल्य भने आज प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

 

महासंघका अनुसार सुन र चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा दैनिक समायोजन हुँदै आएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर