रुकुम पश्चिम, साउन १३ — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, हुसीखोलामा एक दुःखद पारिवारिक घटनामा छोराको आक्रमणबाट बाबुको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय २६ वर्षीय पारस घर्तीले आफ्ना बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियारले प्रहार गरेका थिए। टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेका ठगेन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनापछि आरोपित पारस घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








