काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको वर्तमान अवस्था, सुशासन, विकासका प्राथमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विविध विषयमा छलफल भएको छ।
भेटवार्तामा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा सांसद खुस्बु ओली पनि सहभागी रहेका थिए।
उक्त भेटलाई वर्तमान राजनीतिक परिस्थितिमा सरकार र प्रमुख राजनीतिक दलबीचको संवादका रूपमा हेरिएको छ।








