बागमती प्रदेशको मकवानपुर जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन्। जिल्ला अदालत मकवानपुरका अनुसार गत आर्थिक वर्षमा कुल ८७५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन्।
अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार अंश दर्ता चलनका ३०४, लागुऔषध सम्बन्धी २३९, लेनदेनका १९२, बैङ्किङ कसुरका ११९ तथा लिखत बदरका ११० मुद्दा दर्ता भएका छन्।
यस्तै, जालसाजीका ९९, चोरीका ७५, सवारी, ज्यान र अङ्गभङ्ग सम्बन्धी ५३ तथा जबर्जस्तीकरणीका ४६ वटा मुद्दा दर्ता भएको अदालतले जनाएको छ।
जिल्ला अदालत मकवानपुरले गत आर्थिक वर्षभरि कुल २,३१५ वटा मुद्दा फस्र्यौट गरेको पनि जनाउएको छ।








