२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

मकवानपुरमा सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला

काठमाडौं, ३२ असार। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन्। स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवामुनि पुरिएको अवस्थामा भेटिएको हो।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा चालकको शव फेला पारेको हो।

 

गत असार २९ गते अपराह्न अविरल वर्षापछि सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो। घटनापछि तत्काल खोजी सुरु गरिए पनि तीव्र बहाव, निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पहिलो दिन चालकलाई फेला पार्न सकिएको थिएन।

 

यसअघि मंगलबार बिहान बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २०० मिटर तल क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। त्यसपछि खोजी कार्यलाई थप तीव्र बनाइएपछि चालकको शव पनि फेला परेको प्रहरीले जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर