काठमाडौं, ३१ असार । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार राति करिब ११:१५ बजे छिटाहाबाट औराबनीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट नहरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सप्तरीको तिरहुत गाउँपालिका–३ निवासी २५ वर्षीय शिवम यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ निवासी २३ वर्षीय दीपक कुमार यादव घाइते भएका छन्। उनको कोशी अस्पताल, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।








