२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

सिरहामा प्रहरीको गोली लागेर १८ वर्षीय युवकको मृत्यु

सिरहा । सिरहाको गोलबजार क्षेत्रमा उत्पन्न तनावका बीच प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

 

प्रत्यक्षदर्शीका अनुसार गोली लागेर एक जनाले ज्यान गुमाएका हुन्। अर्का घाइते व्यक्तिको घाँटीमा गोली लागेको बताइएको छ। दुवै जनाको औपचारिक पहिचान भने सार्वजनिक भइसकेको छैन।

 

घटनापछि गोलबजार क्षेत्रको अवस्था थप तनावपूर्ण बनेको छ। सुरक्षा निकायले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ भने घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर