२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच चार घण्टा लामो छलफल

२८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार चार घण्टाभन्दा बढी समय राजनीतिक भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह बिहान करिब ११:१५ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए। उनी दिउँसो ३:१५ बजे मात्र बाहिरिएका थिए। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ। छलफलमा सुकुम्बासी […]

बालिकालाई ५० हजारको प्रलोभन र अश्लील हर्कत: चितवनका होटल सञ्चालक पक्राउ

चितवन, असार २८ — चितवनको खैरहनी नगरपालिका–१० स्थित ‘होटल नमस्ते मिलिजुली खाजा घर’का सञ्चालक ३५ वर्षीय विकास कुमार श्रेष्ठ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, आफ्नै होटलमा कार्यरत १७ वर्षीया बालिकालाई असार ११ गते होटलकै कोठामा बोलाई ‘शारीरिक सम्पर्क राखे ५० हजार रुपैयाँ दिन्छु’ भन्दै प्रलोभन देखाइएको आरोप […]

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडौं ।गृहमन्त्री सुदन गुरुङ सहित उच्च सरकारी टोलीले आइतबार भक्तपुरको खरिपाटी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। झण्डै दुई घण्टासम्म चलेको निरीक्षणका क्रममा टोलीले सेन्टरको व्यवस्थापन, सेवा–सुविधा, पूर्वाधार तथा त्यहाँ आश्रित परिवारहरूको अवस्थाबारे जानकारी लिएको जनाइएको छ।   तर, कार्यक्रमको समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई भने ‘माथिको निर्देशन’ भन्दै मुख्य प्रवेशद्वारमै रोकिएको थियो। गृहमन्त्री, प्रमुख जिल्ला […]

प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्‍यायो : दुर्गा प्रसाईं

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवासमा पुर्‍याएको छ।   जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उनलाई प्रहरीको भ्यानमार्फत घर पुर्‍याइएको हो।   घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्न नदिइएको दाबी गर्दै भने, “मलाई विमानस्थलमा […]

‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ’ भन्ने फोनले मुम्बई प्रहरीमा हलचल

काठमाडौं। भारतको मुम्बईस्थित प्रतिष्ठित ताज होटलमा बम राखिएको भन्दै आएको एक फोन कलले आइतबार बिहान सुरक्षा निकायलाई उच्च सतर्कतामा पुर्‍याएको छ। फोन गर्ने व्यक्तिले अन्डरवर्ल्ड डन दाउद इब्राहिमले होटलमा बम राखेको दाबी गरेपछि मुम्बई प्रहरीले तत्काल व्यापक सुरक्षा जाँच सुरु गरेको थियो।   प्रहरीका अनुसार राति करिब १२:१३ बजे नवी मुम्बई प्रहरी नियन्त्रण कक्षमा फोन […]

चीनमा दोस्रो शक्तिशाली आँधी ‘बावी’को कहर, २० लाख मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं। शक्तिशाली आँधी ‘बावी’ चीनको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै सरकारले व्यापक सतर्कता अपनाएको छ। सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।   चीनको मौसम विभागका अनुसार बावीले शनिबार साँझ झेजियाङ प्रान्तको ताइझोउ नजिक पहिलो पटक जमिनमा प्रवेश गरेको थियो। त्यसपछि सोही रात वेन्झोउ क्षेत्रमा दोस्रो पटक ल्याण्डफल […]

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं, २८ असार। साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाले दुई गोल थप्दै प्रभावशाली जित दर्ता गर्यो। […]

लगातार दोस्रो दिन बढ्यो सुनको भाउ, तोलाको मूल्य फेरि उकालो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यसअघि गएको शुक्रबार पनि सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको थियो। […]

क्यानडाको टोरन्टोमा साल्सा महोत्सवमा गोलीकाण्ड, दुई जनाको मृत्यु

काठमाडौं। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा महोत्सव’का क्रममा शनिबार राति भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।   स्थानीय समयअनुसार राति ८:१२ बजेतिर सेन्ट क्लेयर एभिन्यूमा महोत्सव चलिरहेका बेला गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ पुगेपछि प्रहरीले छ जना घाइते फेला पारेको थियो, जसमध्ये दुई जना […]