२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच चार घण्टा लामो छलफल

२८ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार चार घण्टाभन्दा बढी समय राजनीतिक भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाह बिहान करिब ११:१५ बजे बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेका थिए। उनी दिउँसो ३:१५ बजे मात्र बाहिरिएका थिए। दुई नेताबीच समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

छलफलमा सुकुम्बासी समस्या समाधान, रास्वपाको पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको चयन, साथै पार्टीको आगामी रणनीतिबारे समेत कुराकानी भएको बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका बालेन शाहलाई रास्वपाको वरिष्ठ नेताका रूपमा मनोनित गर्ने विषयमा पनि सहमति भइसकेको छ।

यद्यपि, भेटवार्ताबारे प्रधानमन्त्रीको सचिवालय वा रास्वपाले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर