काठमाडौं, साउन १० — नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ ले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।
शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार नयाँ उचाइमा पुगेको हो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी ४ हजार ३५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस ४ हजार ५२.८८ अमेरिकी डलर र चाँदी ५८.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








