२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

मधेश घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनका लागि सरकारले तत्काल न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।

 

आज बसेको संसदीय दलको बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र र प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। साथै, घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ।

 

बैठकपछि प्रमुख सचेतक बासना थापाले भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै राजनीतिक दल, समुदाय र सरोकारवालालाई संयमता अपनाउन तथा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी विश्वास कायम राख्न अपिल गरिन्।

 

बैठकले नागरिक, सांसद र संसद्बीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘कांग्रेस संसदीय दल सांसद समन्वयसम्बन्धी कार्यादेश’ पारित गरेको छ। साथै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि–२०८३ पनि अनुमोदन गरिएको जनाएको छ।

 

यसैबीच, कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल तथा अन्य दिवंगत व्यक्तित्वहरूप्रति बैठकले शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर