२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

नेपालगञ्जमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको दुःखद मृत्यु

नेपालगञ्ज, बाँके | बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टा मा भएको दुर्घटनामा दुई जना मजदुरको मृत्यु भएको छ।

 

साउन १८ गते बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल एक्कासि भत्किँदा ५२ वर्षीय वर्षादी लोध घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए। सोही दुर्घटनामा ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

 

घटनापछि तत्काल उपचारका लागि अस्पताल लगिएका कोरीको उपचारकै क्रममा साउन २० गते बिहान करिब ३:३० बजे निधन भएको जनाइएको छ।

 

प्रहरीका अनुसार वर्षादी लोधको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइसकिएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। दुर्घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर