२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

कपिलवस्तुमा पेस्तोल बोकेर हिँडिरहेका तीन युवक पक्राउ

कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट प्रहरीले पेस्तोलसहित तीन जना युवालाई पक्राउ गरेको छ।

 

कृष्णनगर नगरपालिका–८, बहादुरगन्ज क्षेत्रमा स्थानीयवासीलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो। खोजीका क्रममा विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबराका २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८, दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।

 

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल तथा लु.६१ प.७०७२ नम्बरको १२५ सीसी मोटरसाइकल बरामद गरेको छ।

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर