वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार कृष्णा प्रणामी चोक नजिकैको सडकमा शंकास्पद अवस्थामा रहेका भारत, मोतिहारीको पटोका श्रीपुर ग्राम पञ्चायत–१ निवासी डोमा पासवानका छोरा अन्दाजी २५ वर्षीय शत्रुधन पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पासवानको शरीर खानतलासी गर्ने क्रममा १६.५७ ग्राम ब्राउन सुगर फेला परेको थियो।
बरामद लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।








