२०८३ श्रावण ११ सोमबार
[the_ad id="6228"]

फ्रान्सलाई २–० ले हराउँदै १६ वर्षपछि फाइनलमा स्पेन

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

 

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै बलियो दाबेदार फ्रान्सलाई स्तब्ध बनाएको हो।

 

स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एक–एक गोल गरे। खेलको २२औँ मिनेटमा लामिन यामालमाथि फ्रान्सका लुकास डिग्नेले फाउल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै स्पेनले अग्रता लिएको थियो। त्यसपछि ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल थप्दै स्पेनको जित सुनिश्चित गरे।

 

खेलभर प्रभावशाली देखिएको स्पेनले फ्रान्सलाई गोल गर्ने कुनै अवसर नदिँदा फ्रान्स सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो। लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने फ्रान्सको सपना पनि यही हारसँगै समाप्त भएको छ।

 

सन् २०१० को विश्वविजेता स्पेन भने १६ वर्षपछि पुनः विश्वकपको फाइनलमा पुगेको हो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर