२०८३ कार्तिक ८ शनिबार
[the_ad id="6228"]

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु, दुई जना घाइते

नवलपरासी (पश्चिम)। नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२, हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन्।   प्रहरीका अनुसार भारतीय नम्बर प्लेट UP 57 BP 4162 रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ निवासी २५ वर्षीय […]

काठमाडौंमा अधिकांश सहकारी निष्क्रियको संकेत, १,९१२ मध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रभित्र दर्ता भएका सहकारी संस्थामध्ये ठूलो संख्या अझै नवीकरण प्रक्रियामा नआएको देखिएको छ। आर्थिक वर्ष २०८२–८३ मा दर्ता रहेका १ हजार ९ सय १२ सहकारीमध्ये ६ सय ६७ वटा मात्र नवीकरण भएपछि महानगरले धेरै सहकारी संस्थागत नियमनभन्दा बाहिर रहेको वा निष्क्रिय अवस्थामा हुन सक्ने संकेत गरेको छ।   सहकारी विभागले शुक्रबार कार्यवाहक […]

कावासोतीमा ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको घटनास्थलमै मृत्यु, ट्रक नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)। कावासोती नगरपालिका–८, हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक जना वृद्धको ज्यान गएको छ।   प्रहरीका अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर खुल्न बाँकी रहेको ट्रकले पैदल हिँडिरहेका कावासोती–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाईलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।   घटनापछि फरार भएको […]

सामाजिक सद्भावका लागि रवि लामिछाने सक्रिय, धार्मिक अगुवासँग उच्चस्तरीय छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले विभिन्न धर्मका अगुवासँग संवाद सुरु गरेका छन्।   शुक्रबार पार्टी संसदीय दलको कार्यालयमा उनले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्। त्यसपछि विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग […]

प्रधानमन्त्री बालेनले भने – संघीयता विरोधी होइन, संघीयतालाई अझ सुदृढ बनाउन चाहन्छु’

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू संघीयता विरोधी नभई संघीय व्यवस्थालाई अझ प्रभावकारी र बलियो बनाउन पक्षमा रहेको स्पष्ट पारेका छन्।   सिंहदरबारमा मधेशकेन्द्रित दलका नेताहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री बालेनले आफ्नो अभिव्यक्तिलाई लिएर गलत सन्देश गएको स्वीकार गर्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।   उनका अनुसार संघीयताले दिएको अधिकारको पूर्ण रूपमा प्रयोग हुनुपर्नेमा जोड […]

जयनगर–जनकपुर–भंगहा रेल सेवा अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषा जिल्लामा लागू गरिएको कर्फ्यु आदेशको प्रत्यक्ष प्रभाव रेल सेवामा पनि परेको छ। यात्रुको सुरक्षा प्राथमिकतामा राख्दै जयनगर–जनकपुर–भंगहा रेलखण्डमा सञ्चालन हुँदै आएको रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।   कम्पनीले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश कायम रहुञ्जेल […]

कप्तानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ७ बुँदे सहमति, शहीद घोषणा र १० लाख राहतको प्रतिबद्धता

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद् घटनापछि पीडित परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ। सम्झौताअनुसार सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।   सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि […]

कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई जनही १० लाख राहत, सहिद घोषणा गर्न सरकारसमक्ष माग

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही १० लाख रुपैयाँ आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।   बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई उक्त राहत दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले जानकारी दिएका छन्।   घटनामा ओमप्रकाश […]

प्रहरीले उठायो मृतकको शव, प्रदर्शन अझै जारी

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव साँझ प्रहरीले सडकबाट उठाएर अस्पताल पठाएको छ।   दिनभर आफन्त र प्रदर्शनकारीहरूले शव सडकमै राखेर विरोध प्रदर्शन जारी राखेका थिए। साँझतिर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै शवलाई भ्यानमार्फत अस्पतालतर्फ लगेको हो।   प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिकाका किशोर गणेश […]

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । सुनसरीमा पछिल्ला दिनदेखि विकसित भएको सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री सुधन गुरुङ प्रभावित क्षेत्रतर्फ जाने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलपछि उनले सुनसरी पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने कार्यक्रम तय भएको हो।   भ्रमणका क्रममा गृहमन्त्रीले दुई समुदायबीच भएको हिंसात्मक झडप, त्यसपछिको सुरक्षा चुनौती तथा समग्र परिस्थितिबारे जानकारी लिनेछन्। उनीसँगै स्वास्थ्यमन्त्री निशा […]