एबी मलमा आगजनी

सिरहा । सिरहाको गोलबजारमा चर्किएको प्रदर्शनका बीच प्रदर्शनकारीले एबी मलमा आगजनी गरेका छन्। गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार बिहीबार भएको प्रदर्शनका क्रममा आक्रोशित समूहले मलमा आगो लगाएको हो। आगजनीपछि क्षेत्रमा थप तनाव सिर्जना भएको छ। सुरक्षा निकायले घटनास्थलमा परिचालन बढाएको छ भने आगो नियन्त्रण र अवस्था सामान्य बनाउन प्रयास जारी रहेको […]
सिरहामा प्रहरीको गोली लागेर १८ वर्षीय युवकको मृत्यु

सिरहा । सिरहाको गोलबजार क्षेत्रमा उत्पन्न तनावका बीच प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार गोली लागेर एक जनाले ज्यान गुमाएका हुन्। अर्का घाइते व्यक्तिको घाँटीमा गोली लागेको बताइएको छ। दुवै जनाको औपचारिक पहिचान भने सार्वजनिक भइसकेको छैन। घटनापछि गोलबजार […]
कपिलवस्तुमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ | कपिलवस्तुको शिवराज नगरपालिका–५, दक्षिण रहटकोल क्षेत्रमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बुधबार राति करिब ११:२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिप्पर**ले पैदल हिँडिरहेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रारम्भिक उपचार चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा […]
जुत्ताको सोलभित्र लुकाएर काठमाडौं पठाइँदै गरेको ब्राउन सुगर विमानस्थलमै बरामद, एक पक्राउ

विराटनगर | विराटनगर विमानस्थल हुँदै काठमाडौं पठाउन लागिएको पार्सलबाट जुत्ताको सोलभित्र लुकाएर राखिएको १८.४८ ग्राम ब्राउन सुगर फेला परेको छ। एक्स–रे जाँचका क्रममा शंकास्पद वस्तु देखिएपछि सुरक्षा टोलीले पार्सल खोलेर जाँच गर्दा कालो प्लास्टिकमा पोको पारिएको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त पार्सल विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक कुरियर सेवामार्फत काठमाडौं पठाउने […]
दाङमा ३५ किलो लागुऔषध चरेससहित एक युवक पक्राउ

दाङ, साउन १३ — दाङमा प्रहरीले ३५ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनी क्षेत्रमा सवारी जाँचका क्रममा उक्त परिमाणको लागुऔषध बरामद भएको हो। अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको टोलीले बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०८३७ नम्बरको ईभी हाइस जाँच गर्ने क्रममा पछाडिको सिटमा रहेका दुई […]
धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ

रुकुम पश्चिम, साउन १३ — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, हुसीखोलामा एक दुःखद पारिवारिक घटनामा छोराको आक्रमणबाट बाबुको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय २६ वर्षीय पारस घर्तीले आफ्ना बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियारले प्रहार गरेका थिए। टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेका ठगेन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनापछि आरोपित पारस घर्तीलाई […]
कपिलवस्तुमा ट्रकको ठक्करबाट. तीन जनाको दुःखद मृत्यु

कपिलवस्तु, साउन १३ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा क्षेत्रमा भएको भीषण सडक दुर्घटनामा ट्रकको ठक्करबाट दुई साइकलयात्री र एक पैदलयात्री गरी तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले हुलाकी सडकखण्डमा दुई वटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई […]
झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

झापा, साउन १३ — झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको छ। कारागार कार्यालयबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले प्रशासन कार्यालयको काम सकेर सडक पार गर्न लागेकी भद्रपुर–९ निवासी खड्कालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा […]
कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको दुःखद मृत्यु

कोहलपुर (बाँके) । बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर तीन जना मजदुरको ज्यान गएको छ। प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे काम गरिरहेका बेला तीनै जना मजदुर फसेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए। जेसीबीको सहायताले […]
कप्तानगन्ज घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगन्जमा भएको घटनापछि विकसित सुरक्षा अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा कप्तानगन्ज घटनापछिको सुरक्षा अवस्था, शान्ति व्यवस्था तथा सरकारले चाल्ने थप कदमबारे छलफल हुने अपेक्षा गरिएको छ। कप्तानगन्ज […]