२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजार ४४७ विदेशी पर्यटक नेपाल प्रवेश, भुटानी आगन्तुक सबैभन्दा धेरै

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टा नाका हुँदै ९ हजार ४४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार सो अवधिमा दैनिक औसत २६ जना विदेशी नागरिक यही नाका प्रयोग गरेर नेपाल आएका हुन्। भारतका नागरिकलाई भिसा आवश्यक नपर्ने भएकाले उनीहरूको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन।   कार्यालयको […]

सुनचाँदीको भाउ फेरि बढ्यो, नयाँ मूल्य कायम

काठमाडौं, साउन १० — नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ ले बढेर २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ।   शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार नयाँ उचाइमा पुगेको हो।   यस्तै, चाँदीको मूल्य पनि […]

गगन थापाले अन्तिम समयमा किन स्थगित गरे भारत भ्रमण?

काठमाडौं, साउन २६ — नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। शनिबार नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा रहेका थापाको भ्रमण पहिलो पटक आइतबारका लागि सारिएको थियो। तर आइतबार पनि उनी भारत नजाने निर्णय भएको छ।   भारतको नयाँदिल्लीमा आयोजित नेपाली कांग्रेस जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई निमन्त्रणा […]

कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

कपिलवस्तु, साउन २६ — कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकमा गएराति भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।   नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे.१ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा रहेका दुवै जना […]

२० वर्षपछि नेपालगन्जको वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्रको शालिक पुनःस्थापना

 नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित वीरेन्द्र चोकमा करिब २० वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरी आज भव्य रूपमा अनावरण गरिएको छ।   यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरका विभिन्न चोकमा राष्ट्रिय इतिहास र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मानस्वरूप पूर्वप्रधानमन्त्री सुशील कोइराला, प्रजातान्त्रिक नेता गणेशमान सिंह, जननायक विश्वेश्वर प्रसाद (बी.पी.) कोइराला, नेपाल […]

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, दम्पती घाइते

मुगु । मुगु जिल्लाको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा एक तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।   शनिबार साउन ९ गते बिहान करिब ४:०० बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ […]

घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर रकम असुल्दै हिँड्ने व्यक्ति पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले आफूलाई “जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी” भनेर परिचय दिँदै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरका स्थायी बासिन्दा तथा हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।   प्रहरीका अनुसार […]

दुई महिने शिशुको डाइपरमा लुकाएर ब्राउन सुगर तस्करी, झापामा चार जना पक्राउ

झापा, साउन ८ – झापामा दुई महिने शिशुको डाइपरभित्र लुकाएर भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाले सीमापार लागुऔषध तस्करीको नयाँ र चकित पार्ने शैली सार्वजनिक गरेको छ।   जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ करिब ५:१५ बजे भद्रपुर नगरपालिका–५ स्थित बसपार्क क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे […]

धनुषामा हवाई फायर गरी ९५ ग्रामभन्दा बढी हेरोइनसहित दुई भारतीय पक्राउ

धनुषा, साउन ८ – धनुषाको मिथिला नगरपालिका–६ मा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेतावनीस्वरूप हवाई फायर गर्दै दुई भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ।   लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले भारतबाट नेपालमा लागुऔषध बिक्री–वितरण गर्ने गिरोहमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भाग्न प्रयास गरेका थिए। त्यसपछि […]

खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपितमाथि स्थानीयको कुटपिट

रौतहट, साउन ८ – रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनामा संलग्न आरोपितलाई आक्रोशित स्थानीयवासीले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका छन्।   प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै […]