५० हजारको प्रलोभनमा १७ वर्षीया किशोरीको डिम्ब झिकिएको आरोप,

काठमाडौं, साउन ७ l ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएर १७ वर्षीया किशोरीबाट डिम्ब (ओभम) झिकिएको आरोप सार्वजनिक भएको छ। घटनापछि किशोरीको स्वास्थ्यमा समस्या देखिएसँगै परिवारले प्रहरीमा उजुरी दिएपछि मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाइएको छ। पीडित किशोरीका अनुसार कक्षा ११ मा अध्ययनरत उनलाई सुरुमा एक साथीले डिम्ब दान गर्दा कुनै असर नपर्ने र […]
आत्मदाहपछि ज्यान गुमाएका गणेश र विवेकका परिवारलाई गगन थापाको १/१ लाख सहयोग

काठमाडौं, ६ साउन। नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपाली र विवेक मण्डलका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। थापाले दुवै परिवारलाई आफ्नै तर्फबाट उक्त सहयोग उपलब्ध गराएका हुन्। साथै, विवेक मण्डलको निधनको १३औँ दिनको अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै उनका सन्तानको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धतासमेत […]
बाजुराको बडिमालिकामा बाढीको कहर : १३ परिवार सुरक्षित स्थानमा स्थानान्तरण, तीन घर उच्च जोखिममा

काठमाडौं, ८ असार – अविरल वर्षापछि बाजुराको बडिमालिका नगरपालिका–९ स्थित सेलागाड खोला र बाउली खोलाको दोभान क्षेत्रबाट आएको बाढी बस्तीमा पस्दा १३ परिवार जोखिममा परेका छन्। जोखिममा परेका सबै परिवारलाई बिहीबार रातिनै घरका आवश्यक सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराका अनुसार प्रभावित […]
३ वर्षीय बालक हत्या प्रकरणमा नाबालिका नियन्त्रणमा

महोत्तरी : महोत्तरीको सम्सी गाउँपालिका–५, पोखरभिण्डाका ३ वर्षीय मनिकेश कुमार यादवको हत्या प्रकरणमा प्रहरीले एक नाबालिकालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८३ जेठ २२ गते घरबाहिर खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव दुई दिनपछि स्थानीय पानी पोखरीमा बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। घटनापछि प्रहरीले विशेष अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा करिब […]
चिकित्सा शिक्षा आयोगका चार निर्देशक पदका लागि १२ जना सर्टलिस्ट, साउन ८ गते अन्तर्वार्ता

काठमाडौं, साउन ६ — चिकित्सा शिक्षा आयोगले आयोगअन्तर्गतका चार निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पदका लागि १२ जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। आयोगले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना–समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय तथा नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज का निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया […]
मोरङको सामुदायिक वनबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद

उर्लाबारी, मोरङ — मोरङको उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एउटा भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार वन क्षेत्रमा चोरी–सिकार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति जंगल क्षेत्रमा खोजतलास गरेको थियो। […]
भारतीय चर्चित गायक सान नेपाल आउँदै

काठमाडौं : भारतीय संगीत जगत्का चर्चित पार्श्वगायक सान (Shaan) आगामी भदौ ६ गते विशेष सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन्। नेपालकै ठूलो इन्डोर भेन्यु क्लब नोभा मा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित तथा सदाबहार गीतहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्। कार्यक्रमको आयोजना तथा व्यवस्थापन नेपाली टच नेपाल ले गरेको हो। आयोजकका अनुसार यस कार्य […]
कर्मचारीमाथि कुटपिट गरेको आरोपमा पर्साका वडाध्यक्ष पक्राउ

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया को टोलीले मंगलबार वडाध्यक्ष पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ता बाट नियन्त्रणमा लिएको हो। प्रहरीले गाउँपालिकाको कार्यालयभित्र कर्मचारीमाथि भएको कुटपिट घटनामा अभद्र व्यवहार कसुर अन्तर्गत अनुसन्धान […]
जन्मदिनको पार्टीमा कुटाकुट हुँदा युवकको मृत्यु, २७ जना नियन्त्रणमा

काठमाडौं, ५ साउन । भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल घ्याम्पे डाँडा मा जन्मदिनको पार्टी मनाउने क्रममा भएको कुटाकुटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि प्रहरीले अनुसन्धानका लागि २७ जनालाई नियन्त्रणमा लिएको छ। मृत्यु हुनेमा बर्दिया घर भई हाल भक्तपुरको सल्लाघारी बस्दै आएका करिब २६–२७ वर्षीय राज कार्की रहेका छन्। जिल्ला प्रहरी […]
कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी – [Duplicated]

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट मा आज बिहान आगलागी भएको निजी कारबाट एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बा५च ३०३८ नम्बरको कार मा लागेको आगो नियन्त्रणमा लिएपछि गाडीभित्रबाट एक जना पुरुषको शव निकालिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदी ले आगलागी भएको गाडीबाट एक पुरुषको […]