नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित वीरेन्द्र चोकमा करिब २० वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरी आज भव्य रूपमा अनावरण गरिएको छ।
यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरका विभिन्न चोकमा राष्ट्रिय इतिहास र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानस्वरूप पूर्वप्रधानमन्त्री सुशील कोइराला, प्रजातान्त्रिक नेता गणेशमान सिंह, जननायक विश्वेश्वर प्रसाद (बी.पी.) कोइराला, नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ तथा शहीद सेतु बिक का शालिकहरू पनि अनावरण गरेका छन्।








